लिस्बन।
पोर्चुगलमा बिगत चार बर्षदेखी अदालतभित्रको जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएको छ। अपराधमा निरन्तर कमी आएकोले कैदीहरुको संख्यामा पनि कमी आएको हो।
२०१६ को अन्त्यमा पोर्चुगलका जेलहरुमा १३ हजार ७७९ जना कैदीहरु थिए। यो संख्या २०२० सम्म आइपुग्दा ११ हजार ३०० मा पुग्यो। चार बर्षको अन्तरालमा जेलमा रहेका कैदीहरुको यो संख्या १८ प्रतिशतले कम हो।
जेलमा रहेका कैदीहरुको संख्यामा कमी आएसंगै सुरक्षा अधिकारीको संख्यामा पनि कमि आएको छ। २०१५ मा कैदी र सुरक्षा गार्डको औशत ३.४ थियो। २०२० सम्म आइपुग्दा यो औशत घटेर २.७ मा झरेको छ।