लिस्वन ।
गैर आवासीय नेपाली संघ पोर्चुगलको अधिवेशन नजिकिएसँगै संघमा आफ्नो शक्ति प्रदर्शन गर्न नेपाली राजनैतिक दलका भातृसंगठन , जातीय र भौगोलिक संस्थाहरुहरु छलफल र प्यानल बनाउन जुटेका छन्।
पोर्चुगलमा संघ स्थापना भएदेखि नै आफ्नो एकाधिकार जमाउदै आएको जसस पोर्चुगलले समितिका तर्फबाट कसको नेतृत्वमा प्यानल बनाउने बारेमा लामो समयदेखि रस्साकस्सी हुदै आएको छ। सोही क्रममा आज पोर्चुगलस्थित कांग्रेस समर्थित नेताहरु संघको साझा उम्मेदवार बनाउन भएको छलफलबाट रबिन अधिकारीको नेतृत्वमा जससले आफ्नो प्यानल बनाउने निष्कर्षमा पुगेको छ।
नेपाली जनसम्पर्क समिति पोर्चुगलका सह-महामन्त्री सुनिल ढुंगानाले भोइस अफ नेपालसंग भने , ” गैर आवासीय नेपाली संघ पोर्चुगलको अधिबेशन र निर्वाचन सम्बन्धमा जसस पोर्चुगलको आज बसेको बैठकले रबिन अधिकारीको नेतृत्वमा आफ्ना उम्मेदवारहरु पठाउने महत्वपूर्ण निर्णय गरेको छ। ”
संघमा नेतृत्वका लागि जससले सर्वसम्मत गरेका रबिन अधिकारीसँग २०१७-१९ मा संघको युवा संयोजक र २०१९-२१ का लागि अन्तराष्ट्रिय समिति सदस्य भई कार्य गरेको अनुभव छ। अधिकारी पोर्चुगलमा स्थापित युवा व्यवसायी समेत हुन्। उनि लामो समयदेखि रेस्टुरेन्ट व्यवसायमा संलग्न छन्।
जसस पोर्चुगलका अध्यक्ष बिनोद घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जसस पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, पूर्व उपाध्यक्ष राजकुमार गौतम, उपाध्यक्ष वकिल केसी, महासमिति सदस्य चिजकुमार तामाङ, सह -महामन्त्री सुनिल ढुंगाना, एनआरएनए पोर्चुगलका पूर्व अध्यक्षहरु रमेश गुरुङ, भीम केसी कमल, संघका अध्यक्ष तिलक गैरे, आइसीसी सदस्यद्धय रविन अधिकारी, नारायणकाजी मगर, संघकी उपाध्यक्ष सीता श्रेष्ठ लगायत क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो ।
संघको आगामी कार्यकालका लागि जुलाई ३१ तारिखमा अधिवेशन हुँदैछ ।