अभिनेत्री तथा निर्मात्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला !

काठमाडौँ।

नायिका तथा निर्मात्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्।

काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ।

‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अनुसन्धानमा आत्महत्या गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए।

उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।

निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार