सुत्ने समयमा मोबाइलको प्रयोग खतरनाक, हुन्छन् यस्ता हानी
काठमाडौं– मोबाइल आधुनिक जीवनशैलीको अभिन्न अंग बनिसकेको छ भन्दा फरक पर्दैन ।
आज मोबायल बिनाको जीवन कल्पना समेत गर्न सकिंदैन ।
मोबाइल आज कुराकानी गर्ने डिभाइस मात्र रहेन ।
मोबाइलबाटै हरेक प्रकारका कामहरु गर्न सकिने भएको छ ।
घरायसीदेखि अफिसियल कामसमेत मोबाइलबाटै गर्न सकिने भएकाले मोबाइल आज मानिसको अभिन्न मित्र बनेको हो ।
मोबाइलबाटै हमाी सम्पूर्ण संसारको जानकारी राख्न सक्छौं ।
प्रायस् मानिसहरु बिहान, दिउँसो, साँझ र राति समेत मोबाइल आफूसंगै राख्छन् ।
कसैको महत्वपूर्ण फोन आउला भनेर होस् अथवा बिहान अलार्म राख्न, मोबाइल बिहानदेखि रातिसम्म मानिसको साथमै रहन्छ ।
प्राय: धेरै मानिसहरु मोबाइललाई तकिया मुनि राखेर सुत्ने गर्छने ।
यो एकदम गलत बानी हो ।
यसले रिंगटा लाग्ने र दिमाग सम्बन्धि समस्या हुन सक्छ ।
मोबाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन अत्यधिक हानिकारक हुन्छ ।
जसै मोबाइल फोन र ट्याबलेटको साइज बढ्दै गएको छ, उसै यी ग्याजेट अझ बढि हानिकारक बन्दै गएका छन् ।
जब राति अँध्यारो बढ्दै जान्छ, तब हाम्रो शरीरले मेलाटोनिन नामक तत्व छोड्न थाल्छ ।
यो तत्वले शरीरलाई सुत्नका लागि तयार गर्छ ।
तर, मोबाइल फोन र ट्याबलेटको डिस्प्ले स्क्रिनबाट निस्कने निलो तथा हरियो प्रकाशले उक्त तत्वलाई बन्न दिँदैन ।
फलस्वरुप शरीरमा अत्यधिक कम मात्रामा मेलाटोनिन बन्छ, जसले सजिलै निद्रा पनि लाग्दैन ।
स्क्रिनबाट निलो–हरियो भन्दा रातो–पहेलो प्रकाश होस् भन्ने कोशिश गर्नु पर्छ ।
रातभति मोबाइल तकिया नजिक राख्नाले विभिन्न समस्या हुन सक्ने धेरै वटा अध्ययनमा बताइएको छ ।
बारम्बार टाउको दुख्नु, निराशा उत्पन्न हुनु, काम कम गर्दा पनि थकाई महसुस हुनु, हिँड्दा बिना कारण रिंगटा लाग्नु, नकारात्मक सोच बढ्दै जानु, घण्टौं कोशिश गर्दा पनि निद्रा नलाग्नु, आँखा सुख्खा हुनु, कुनै पनि काममा मन नलाग्नु, शारीरिक परिश्रमम गर्न मन नलाग्नु, कानमा विभिन्न आवाज बजेको जस्तो महसुस हुनु, संगै बसेर कुरा गर्दा पनि स्पष्ट नसुनिनु, स्मरणशक्ति कम हुनु, पाचनतन्त्रमा गडबडि हुनु, अनियमित धड्कन, जोर्नीको दुखाई आदि समस्याहरु मोबायलको अत्यधिक प्रयोगकै कारण पैदा भैरहेको छ ।
त्यति मात्र नभएर मोबाइल रात भरीसंगै हुँदा त्यसले छालाको सामान्य उमेर बढ्ने प्रक्रियालाई तिव्र गर्नु, समय भन्दा पहिला चाउरी पर्नु, छाला सुनिनु, चिलाउनु जस्ता समस्या देखिन्छ ।
विशेषज्ञको सल्लाह
सुत्ने बेलामा मोबाइल अथवा ट्याबलेटको प्रयोग नगरिने हो भने करिब एक घण्टाको निद्रा अझ बढि लिन सकिने प्रायस् चिकित्सको भनाई रहेको छ ।
चिकित्सकहरु भन्छन् –‘हाम्रो जैविक घडीले धर्तीमा चौबीसौ घण्टाको घडीसंग तालमेल मिलाएर काम गर्छ ।’
वैज्ञानिकका अनुसार दिमागमा एउटा मास्टर घडी हुन्छ, जसलाई वातावरणको विभिन्न कारणले पनि नोक्सान पुऱ्याउन सक्छ ।
राम्रो निद्राका लागि सुत्नु भन्दा कम्तिमा एक घण्टा अगाडि मोबाइल फोन,ट्याबलेट जस्ता कुराको प्रयोग गर्नु हुँदैन ।