टाउको दुखाईबाट राहत पाउन गर्नै पर्ने योगासन

योग गर्दा थुप्रै स्वास्थ्य समस्याबाट छुट्कारा पाउन सकिन्छ। सानो होस् वा ठूलो समस्या योगका माध्यमबाट हामीले सहजै राहत पाउन सक्छौं।

हाजभोलीको व्यस्त दैनिकिमा मानिस दिनभर लगातार एकै किसिमको काम गरिरहेका हुन्छन्। कम्युटरमा लामो समयसम्म बसिरहेका हुन्छन्।

यसरी लामो समयसम्म एउटै ठाउँमा बसेर काम गर्दा टाउको दुख्ने समस्या हुनसक्छ। बिस्तारै टाउको दुख्ने बानिकै रूपमा बिकास हुनसक्छ। जसले मानिसमा काम गर्न मन नलाग्ने, दिक्क लाग्ने हुनसक्छ।

यस्तो समस्याबाट औषधीले मात्रै छुट्कारा दिँदैन हामीले केही योगासनलाई नियमित गर्यो भने हामी यो समस्याबाट छुट्कारा पाउन सक्छौं।

बालासन

टाउको दुखाइलाई राम्रो गर्नका लागि बालासन निकै प्रभावकारी हुन्छ। यसबाट हामीले चाडै नै टाउको दुख्ने समस्याबाट छुट्कारा पाउन सक्छौं।

यो आसन गर्दा पुरै शरीर आराम मुद्रामा आउँछ। यसले शरीरका तन्तु-तन्तुमा शान्ति पुर्‍याउँछ। यो आसन गर्दा कम्मर, जाघ र कुर्कुच्चा तन्किने हुन्छ।

यो टाउको दुखाइ कम गर्ने निकै प्रभावकारी आसन हो। यो आसन गर्न सहज पनि छ। टाउको दुखेको समयमा पनि हामीले केही बेरसम्म यो आसन गर्न सक्छौं।

पश्चिमोत्तानासन

पश्चिमोत्तानासन गर्दा टाउको दुखाइको समस्या सहजै ठिक हुन्छ। टाउको दुखाईका साथै शरीर गरुङ्गो हुने तथा तनाव हुने लगायत समस्याबाट पनि राहत पाउन सकिन्छ।

कामबाट फर्किंदा थकान महशुस भइरहेको भए हामीले यो योगासन गर्न सक्छौं।

मार्जरी आसन

मार्जरी आसनलाई क्याट पोज पनि भनिन्छ। यो आसन गर्दा टाउको दुखाईबाट राहत पाउन सकिन्छ।

मार्जरी आसनले थाकेका मांशपेसीमा आसाम पुगाउँछ। जुन दुखाईबाट छुट्कारा पाउने सजिलो तरिका हो। यसले तनाव दूर गर्नुका साथै श्वासप्रश्वासमा पनि फाइँदा पुर्‍याउँछ।

पद्मासन

पद्मासन गर्दा मनमा चैन पैदा हुन्छ। टाउको दुख्ने समस्या भए वा मनमा स्फुर्ति ल्याउन मन भए पद्मासन लाई नियमित गर्नुपर्छ।

यस्तो गर्दा केही बेरमै टाउको दुख्ने समस्याबाट राहत पाउन सकिन्छ। यो आसन निकै सहज हुन्छ। हामीले कुनै ठाउँमा बसेर यो आसन सहजै गर्नसक्छौं।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार