पोर्चुगल : कोरोना बिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका प्रम सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण !

लिस्बन।

कोरोना बिरुद्धको भ्याक्सिनको दुवै डोज लगाएका पोर्तुगाली प्रधानमन्त्री कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ। ति कर्मचारीले एक महिना अगाडी नै कोरोना बिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका थिए।

नजिक सम्पर्कमा भएका आफ्ना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि पोर्तुगाली प्रधामन्त्री एन्तोनियो कोस्ता आइसोलेशनमा बस्नुभएको छ।

प्रधानमन्त्री कार्यालयका ति कर्मचारीलाई ३० जुनमा कोरोना संक्रमण पुष्टी भएको हो।

कोरोना परिक्षण गर्दा प्रधानमन्त्री कोस्ताको नतिजा नकारात्मक आएको छ।

कोरोना परिक्षणको नतिजा नकारात्मक आएतापनि प्रम कोस्ता आइशोलेशनमै बसेर आफ्नो कामकाज गर्नुहुने प्रधानमन्त्रिको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार