युरो कप :आज स्पेनले क्रोएसियासँग भिड्दै, फ्रान्सको प्रतिद्वन्द्वी स्विट्जरल्यान्ड

यूरो कप फुटबलको नकआउट चरणमा आज सोमबार राति दुई वटा खेलहरु हुँदैछन् ।

आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया तथा रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्न लागेका हुन् ।

स्पेन समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्पेनले ३ खेल खेलेकोमा स्विडेन र पोल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकियालाई ५–० गोलले हराएको थियो ।

क्रोएसिया समूह डी बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

क्रोएसिया इङ्ग्ल्यान्डसँग पराजित भएको थियो ।

त्यस्तै चेक रिपब्लिकसँग बराबरी र स्कटल्यान्डलाई ३–१ गोलले हराएको थियो ।

यस्तै साविक उपविजेता फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

फ्रान्सले जर्मनीलाई हराएको थियो भने हङ्गेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो ।

स्विट्जरल्यान्ड समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

स्विट्जरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो भने इटलीसँग पराजित भएको थियो ।

त्यस्तै टर्कीलाई ३–१ गोलले हराएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार