ब्रसेल्स।
बेल्जियम सरकारले नेपाल सहित २४ राष्ट्रहरुलाई रातो सुचिमा राखेको छ। रातो सुचिमा रहेका यी राष्ट्रहरुबाट बेल्जियममा यात्रा गर्न प्रतिबन्ध पनि लगाईएको छ।
कोरोना भाइरसको डेल्टा भेरीयन्टको संक्रमण उच्च भएका २४ राष्ट्रहरुबाट यात्रा गर्न बेल्जियम सरकारले प्रतिबन्ध लगाएको हो।
रातो सुचिमा परेर प्रतिबन्ध लगाईएक देशहरुमा नेपाल सहित बेलायत, भारत, ब्राजिल, अर्जेन्टिना, बंगलादेश, बोलिभिया, बोत्सवाना, चिली, कोलम्बिया, कंगो, एस्वतिनी , जोर्जिया, जोर्डन, लेसोथो, मोजाम्बिक, नामिबिया, पाकिस्तान, पेरु, कतार, सुरिनेम, त्रिनिदाद , टोबागो, युगान्डा, उरुग्वे र जिम्वावे रहेका छन्।
माथि उल्लेखित २४ राष्ट्रबाट यात्रामा प्रतिबन्ध लगाईएतापनि बेल्जियममा स्थाई बसोवास गर्ने र कुटनीतिक नियोकमा काम अर्ने कर्मचारीहरु भने यात्रा गर्न सक्नेछन।