एक चुम्बनले गयो बेलायती स्वास्थ्यमन्त्रीको पद ( भिडियो सहित )

लन्डन ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले नै तोकेका मापदण्ड विपरीत कार्य गरेका बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले पदबाट राजीनामा दिएका छन् ।

तीन बर्ष अघि स्वास्थ्यमन्त्री पदमा नियुक्त भएका उनले सरकारले तोको मापदण्ड अनुसार सामाजिक दुरी कायम नगरेको आरोप लागेपछि पद गुमाउने परेको हो । स्वास्थ्यमन्त्री ह्यान्ककले सहकर्मी जीना कोलाडान्गेलोलाई गत मे ६ तारिखका दिन ‘डिपार्टमेन्ट अफ हेल्थ’ को कार्यालय परिसरमा चुम्बन गरेका थिए ।

स्थानीय पत्रिका ‘द सन’ ले उक्त चुम्बन गरेको भिडियो सार्वजनिक गरेको थियो । सोही कदम पछि उनलाई पदबाट राजीनामा दिन चौतर्फी दबाब परेको थियो । यससँगै पूर्व चान्सलर साजिद जाभिद स्वास्थ्यमन्त्री हुने पक्का भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

उक्त घट्ना सार्वजनिक भएपछि स्वास्थ्यमन्त्री ह्यान्ककसँगै उनकी सहकर्मी जीना कोलाडान्गेलोको पनि पद खोसिएको छ ।

भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार