असार १६मा एमाले बोलायो महाधिवेशन आयोजक समिति बैठक

काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेले १६ असारमा महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । बिहान बसेको स्थायी समिति बैठकले १६ असारमा बिहान ११ बजे दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठक काठमाडौँमा बस्‍ने उनले बताए ।

‘समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ गते महाधिवेशन आयोजक समिति बैठक बोलाउने निर्णय भएको बैठकबाट भएको छ,’ ज्ञवालीले बैठकपछि पत्रकारहरूसँग भने ।

त्यस्तै बैठकले पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय गरेको पनि ज्ञवालीले बताए ।

बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेर जनता र कार्यकर्ताको चाहनाविपरीत काम गरेको ज्ञवालीले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार