लिस्बन र अल्बुफ़ेइरा रेडजोनमा गएसंगै लकडाउन लागु , थप २५ नगरपालिका कोरोनाको उच्च जोखिममा !

लिस्बन।

सरकारले लिस्बन र अल्बुफ़ेइरा रेडजोनमा गएसंगै सरकारले लकडाउन लागु गरेको छ। यो संगै लकडाउन लगाईएका नगरपालिकाको संख्या ३ पुगेको छ। सरकारले कोरोनाको जोखिम र संक्रमणदरको आधारमा सिसेम्ब्रामा यसअघि नै निरन्तर लकडाउन लागु गर्दै आएको छ।

त्यस्तै कोरोना संक्रमण दरको आधारमा सरकाले अन्य २५ नगरपालिकाहरूलाई उच्च जोखिमको सूचीमा राखेको छ। आगामी दुई साताभित्र ति नगरपालिकाहरुमा कोरोना संक्रमण नियन्त्रण नभएकामा ति नगरपालिकाहरुमा समेत लकडाउन लागु गरिनेछ। कोरोनाको उच्च जोखिममा सुचिकृत भएका नगरपालिकाहरुमा Alcochete, Almada, Amadora, Arruda dos Vinhos, Barreiro, Braga, Cascais, Grândola, Lagos, Loulé, Loures, Mafra, Moita, Montijo, Odemira, Odivelas, Oeiras, Palmela, Sardoal, Seixal, Setúbal, Sines, Sintra, Sobral de Monte Agraço र Vila Franca de Xira रहेका छन्।

लिस्बन र अल्बुफ़ेइरा लाकडाउनमा : के के भए नियम परिवर्तन ?

सरकारले सिसेम्ब्रासंगै लिस्बन र अल्बुफ़ेइरामा पनि लकडाउन गर्ने भएको छ। लिस्बन र अल्बुफ़ेइरामा सिसेम्ब्राकै नियमहरु लागु हुनेछन् :

– सप्ताहान्तमा रेस्टुरेन्ट र क्याफेहरू १५:३० बजेसम्म मात्रै सेवा दिन सक्नेछन । अन्य दिनमा रेस्टुरेन्ट तथा क्याफेहरू रातको २२:३० बजेसम्म खुल्ला रहन सक्नेछन।

– रेस्टुरेन्ट र क्याफेमा भित्र बढीमा ४ जनाको समूह र बाहिर ( स्प्लानादा ) बढीमा ६ जनाको समूहमा मात्रै बस्न सक्नेछन।

– सुपरमार्केट तथा अन्य खाद्य तथा अखाद्य व्यापारिक प्रतिष्ठानहरु १९:०० बजेसम्म मात्रै खुल्न पाउनेछन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार