पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

लिस्बन।

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ।

सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या हालसम्मै उच्च रहेको सेफको तथ्यांकमा उल्लेख छ।

सेफका अनुसार २०२० मा २०१९ को तुलनामा १२.२ प्रतिशतले वृद्धि भएको छ।

सन् २०२० मा मात्रै पोर्चुगलमा ६ लाख ६२ हजार ९५ जनाले आवास अनुमति ( रेसिडेन्सी ) प्राप्त गरेको सेफको तथ्यांकले देखाएको छ। रेसिडेन्सी प्राप्त नगरेका र अबैध रुपमा पोर्चुगलमा बसोवास गरिरहेकाको संख्या भने यसमा समावेश छैन।

पोर्चुगलमा बसोवास गर्ने आप्रवासीको २७.८ प्रतिशत ब्राजिलियन नागरिकहरु छन्। उनीहरुको संख्या सन् २०१२ यताकै उच्च रहेको छ। त्यस्तै पछिल्लो बर्ष पोर्चुगलमा बसोवास गर्ने बेलायती आप्रवासीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।

२०२० को अन्त्यसम्ममा पोर्चुगलमा बसोवास गर्ने ब्राजिलियनहरुको संख्या १ लाख ८३ हजार ९९३ पुगेको छ। त्यस्तै दोश्रोमा बेलायती नागरिकहरु ( ४६,२३८ ), तेश्रोमा केप भेर्द ( ३६,६०९ ), रोमानिया ( ३०,०५२ ) , युक्रेन ( २८,६२९ ) , इटाली ( २८,१५९) , चिन ( २६,०७४) , भारत ( २४,९३५ ) र अंगोला ( २४,४४९ ) रहेका छन्।

पोर्चुगल सुरक्षित देशको सुचिमा परेकोले आप्रवासीहरुको प्रथम रोजाइमा रहेको सेफले जनाएको छ।

आप्रवासीहरुको ६८ प्रतिशत लिस्बन , फारो र सेतुवालमा बसोबास गर्ने सेफको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार