लिस्बन।
पोर्चुगलमा स्वास्थ्य महानिर्देशनालयले ३५ बर्षभन्दा बढी उमेर समुहको हकमा कोरोना भ्याक्सिन आबेदन खुल्ला गरेको छ।
स्वास्थ्य महानिर्देशनालयले आजदेखि सो उमेर समुहका लागि आबेदन खुला गरेको हो।
३५ बर्ष बढी उमेर समुहका नागरिकहरुले स्वास्थ्य महानिर्देशनालयको वेवसाइटमा आफ्नो तथ्याक भरेर खोपको लागि आबेदन दिन सक्नेछन।
अघिल्लो साता मात्रै ४० बर्ष बढी उमेर समुहका लागि भ्याक्सिनको आबेदन खुलेको थियो। सोमवार स्वास्थ्य महानिर्देशनालयले ३७ बर्ष उमेर समुहका लागि भ्याक्सिन आबेदन खुल्ला गरेको थियो। पछिल्लो समयमा पोर्चुगल सरकारले कोभिड भ्याक्सिन कार्य द्रुत गतिले अगाडी बढाएको छ।
उसका अनुसार १८ बर्ष बढी उमेर समुहकालाई कोभिड भ्याक्सिन ४ जुलाईबाट दिईने भएको छ।
३५ बर्ष बढी उमेर समुहकाहरुले भ्याक्सिन आबेदन दिन https://covid19.min-saude.pt/pedido-de-agendamento/ मा क्लिक गर्नुहोस्।