थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको साधारणसभा सम्पन्न : दीपनारायण चौधरीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन !

सिड्नी ।

अष्ट्रेलियामा रहेका नेपाली आदिबासीहरुको संस्था थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको अध्यक्षमा दीपनारायण चौधरी चयन भएका छन् ।

आइतवार सिड्नीस्थित रकडेलमा भएको साधारणसभाबाट चौधरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष लेखी, महासचिबमा पृथ्वी चौधरी, सहसचिबमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रितु चौधरी, मुक्ति नारायण चौधरी, सुमन चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, संन्ध्या चौधरी, उपाशना चौधरी, रन्जना चौधरी र अविनाश चौधरी रहेका छन् ।

रामेश्वर चौधरीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन भएको छ । जसको सदस्यहरुमा दुर्गानन्द चौधरी र शुकै चौधरी रहेका छन् ।

पब्लिक अफिसर अरुण चौधरीका अनुसार हालसम्म आयोजना गरिएका विभिन्न वनभोज कार्यक्रम, सम्मेलन, फेस्टिभलहरुको बारेमा पनि उक्त अवसरमा समीक्षा गरिएको थियो ।

समाजले यस अघि करिब ६५५० डलर चितवनका पीडित जलेश्वर चौधरीलाई सहयोग गरेको थियो । त्यस्तै न्यू साउथ वेल्सको आगलागीमा राहत वितरणको लागि ११०.७५ डलर, कोभिड १९ को पहिलो चरणको महामारी आउँदा नेपालीहरुको लागि ५०० डलर सहयोग गरेको बारेमा जानकारी गराइएको थियो ।

त्यसैगरी १६३३ डलर संस्थाक सदस्य सुनामका श्रीमानको उपचारको निम्ती सहयोग गरिएको थियो । भने एनआरएनए लाई पनि कोरोनाको दोस्रो लहरमा पीडित भएका नेपालीको निम्ती १ हजार डलर सहयोग गरेको थियो ।
फोटो: अरुण फोटोग्राफी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार