काठमाडौं ।
सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी भएको छ ।
आगलागीमा परि दुई भारतीय मजदुको मृत्यु भएको र तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्राले बताए ।
मिश्राका अनुसार आज साँझ पौने ७ बजेतिर वाइल्डिङ गर्ने क्रममा उद्योगको भट्टिमा आगलागी भएको हो ।
आगलागीमा बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिया प्रदिप गौण र ४५ वर्षिया रामनाथ महतोको मृत्यु भएको हो ।
त्यस्तैगरि नेपाली मजदुर राजकुमार विक, इन्दप्रसाद अधिकारी, नवराज चौलागाईं घाइते भएका छन् । उनीहरूको सिमरास्थित तराइ अस्पतालमा उपचार भरहेको छ ।
प्रवक्ता मिश्राका अनुसार हालसम्म घटनाका कारण भएको क्षतिको विवरण आइसकेको छैन ।