लिस्बन।
पोर्चुगलमा मत्थर भईसकेको कोरोना संक्रमण एकाएक आकासिएको छ। बुधवार फेब्रुअरी यताकै सबैभन्दा बढी कोरोनाक संक्रमित फेला परेका छन्।
बुधवार मात्रै एकाएक संक्रमितहरुको संख्या १३५० पुगेको छ । यो तथ्यांक फेब्रुअरी यताकै सबैभन्दा उच्च हो ।
दुई दिनअघि मात्रै ६२५ जना संक्रमित भएको तथ्यांक राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको थियो ।
महानिर्देशनालयका अनुसार मंगलबार संक्रमितको संख्यामा अघिल्लो दिनको तुलनामा ३४८ ले बृद्धि भएको थियो ।
कोरोना संक्रमितको संख्यमा बृद्धि भएसँगै सरकारले स्वास्थ्य मापदण्डमा केही कडाई गर्ने जनाएको छ।
सोहि दिन पोर्चुगलमा कोरोना संक्रमणले ६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय राजधानी शहर लिस्बन कोरोनाको हटस्पट बनेको छ।
भारतबाट आयातित डेल्टा भेरीयन्टको सबैभन्दा बढी संक्रमित राजधानी लिस्बन केन्द्रित छ। डेल्टा भेरीयन्टको सबैभन्दा बढी संक्रमण नेपाली समुदायमा देखिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
डेल्टा भेरीयन्टको नयाँ संक्रमितहरुमा भारतीय मुलक नागरिकभन्दा नेपालीहरुमा तीन गुणा बढी संक्रमण देखिएको स्वास्थ्य महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ।