लिस्बन।
बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ।
नेपालमा म्याग्दीका स्थाई बासिन्दा भगवान मल्ल बैदेशिक रोजगारीको सिलसिलामा ६ बर्ष अगाडी पोर्चुगल आएका थिए।
५३ बर्षीय मल्ल अस्वस्थ भएपछि उनको लिस्बनस्थित शान्ता मारिया अस्पतालमा उपचार भईरहेको थियो।
उपचारकै क्रममा १४ जुनका दिन उनको निधन भएको अस्पताललाई उधृत गर्दै गैर आवासिय नेपाली संघले जनाएको छ।
स्वर्गीय मल्लको पारिवारिक चाहना अनुसार उनको अन्तिम दाहसंस्कार एबम श्रद्धाञ्जली यहीँ पोर्चुगलमा गरिने भएको छ।
मल्लको निधनले पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ ।