प्राय: मानिस आफ्नो बढ्दो वजनका कारण चिन्तित हुन्छन् ।
यद्यपि, हाम्रो समाजमा केही त्यस्ता मानिसहरु पनि छन्, जो आफ्नो कम वजनका कारण तनावमा हुन्छन् ।
विशेष गरेर यूवतीहरु आफ्नो कम वजनका कारण चिन्तित हुन्छन् ।
पातला मानिसहरुले वजन बढाउनका लागि बजारमा उपलब्ध हुने विभिन्न किसिमका धूलो र सप्लीमेन्ट्सको प्रयोग गर्छन्, तर केही समयपछि उक्त कुराहरुले साइड इफेक्ट गर्न थाल्छ ।
त्यस्तो अवस्थामा हामी त्यस्ता केही घरेलु उपायहरु बताउँदैछौं, जसले वजन बढाउन सहयोग गर्छ ।
शरीरलाई स्वस्थ र निरोगी बनाइ राख्नका लागि शरीरको हाइट अनुसारको वजन हुनु आवश्यक छ ।
वजन बढी हुनु अथवा कम हुनु दुबै स्थिति कुनै रोगको संकेत हुन सक्छ ।
वजन बढाउका लागि पोषण तत्व
वजन बढाउन चाहनु हुन्छ भने यसको अर्थ जे पनि खाने भन्ने हुँदैन ।
फास्ट फूड, जंक फूड, आइसक्रिम आदिको सेवन गर्नाले धेरै क्यालोरी प्राप्त हुनुको साथै वजन पनि बढ्छ, तर वजन बढाउने यो सही तरिका होइन ।
वजन बढाउँदा पोषणको बारेमा ध्यान राख्नु आवश्यक हुन्छ ।
त्यसैले पोषणयुक्त र सन्तुलित आहार मात्र सेवन गर्नु पर्छ ।
त्यस्ता भोजन सेवन गर्नु पर्छ, जसले कार्बोहाइड्रेट्स, फ्याटबाहेक नट्स र ड्राई फ्रुट जस्ता कुराहरु समावेश होस् ।
यसबाहेक किसमिसले पनि वजन बढाउन सहयोग पुऱ्याउँछ ।
किसमिस खाँदा स्वादिलो र शरीरका लागि फाइदाजनक पनि हुन्छ ।
किसमिसमा पोषणसंग सम्बन्धित विभिन्न फाइदा हुन्छन् ।
त्यसमा क्यालोरीको मात्रा पनि धेरै हुन्छ ।
त्यसैले किसमिस वजन बढाउनको लागि राम्रो विकल्प प्रमाणित हुन सक्छ ।
किसमिसको प्रयोग कसरी गर्ने ?
एउटा अध्ययनका अनुसार एक चौथाई कप किसमिसमा एक सय क्यालोरी हुन्छ ।
यसप्रकार दिनहुँ किसमिसको सेवन गर्नाले स्वस्थ रुपले वजन बढाउन सहयोग पुग्छ ।
वजन बढाउनका लागि तपाईं सुख्खा किसमिसलाई स्न्याकको रुपमा पनि सेवन गर्न सक्नु हुन्छ ।
यसबाट तपाईंलाई तुरुन्त अतिरिक्त क्यालोरी प्राप्त हुन्छ ।
किसमिसलाई रातभरि पानीमा भिजाउने
किसमिसमा आइरन, पोटाशियम, क्याल्शियम पनि हुन्छ, जसले शारीरिक र मानसिक शक्ति प्राप्त गर्न सहयोग पुग्छ ।
त्यसो त धेरै मानिस किसमिस त्यसै खाना मन पराउँछन्, तर किसमिसलाई रातभरि पानीमा भिजाएर राख्ने र बिहान खाली पेटमा किसमिसको पानी अथवा भिजाएको किसमिस सेवन गर्नाले यसलाई शरीरलाई धेरै फाइदा प्रदान गर्छ ।
दुधसंग किसमिस
वजन बढाउनका लागि किसमिसलाई दुधमा मिसाएर खान सकिन्छ । यसका लागि किसमिस पिसेर दुधमा हालेर पनि खान सकिन्छ ।
किसमिसको लड्डू
किसमिसको लड्डु बनाएर पनि खान सकिन्छ । यसको लागि खैरो अथवा कालो किसमिसलाई पिसेर अन्य ड्राई फ्रुट्स अथवा मन पर्ने अन्य केही सामाग्रिसंग मिलाएर लड्डु बनाउन सकिन्छ ।
शख्खर र चनाका साथ किसमिस
किसमिस खाने तरिका मध्ये यो पनि एउटा तरिका हो । चनालाई भुट्ने र भुटेको चना र शख्खरमा आवश्यकताको हिसाबले किसमिस मिलाएर खान सकिन्छ ।
हलुवामा किसमिस
सूजीको हलुवा बनाउँदा अन्य सामाग्रिका साथै किसमिस पनि हाल्न सक्नु हुन्छ । यसो गर्नाले किसमिसको सहयोगले वजन बढाउन सकिन्छ ।