काठमाडौं ।
नारायणी नदीले खतराको तह पार गरेको छ ।
नारायणी नदी किनारमा रहेको देवघाट बाढी मापन केन्द्रले नदीको जलसतहले खतराको तह पार गरेको जनाएको नेपाल बाढी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले नदीमा जलसतह अझै बढ्दो रहेकाले तटीय क्षेत्र लगायत त्रिवेणी तथा सुस्ताका डुवान हुनसक्ने होचा स्थानका सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले भोलि दिउँसोसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन सचेन गराएको छ ।