लिस्बनमा अस्पताल भर्ना हुने कोरोना संक्रमित बढे !

लिस्बन।

पछिल्लो दुई सातादेखि लिस्बनका अस्पतालहरुमा भर्ना हुने कोरोना संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भईरहेको छ।

राजधानी लिस्बनमा कोरोना संक्रमितहरुको संख्या वृद्धि भएसंगै अस्पताल भर्ना हुने बिरामीहरुको संख्या पनि वृद्धि भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

शुक्रवारसम्मको पछिल्लो तथ्यांक अनुसार लिस्बनमा संक्रमितहरुमध्ये २९ जना कोभिड वार्डमा र ९ जना आइसीयुमा गरी ३८ जनाको उपचार भईरहेको छ।

एक महिना अगाडी संक्रमितहरुको संख्या घटेर कोभिड वार्डमा १५ र आइसियुमा ३ जना गरि १८ जना मात्रै अस्पतालमा भर्ना भएका थिए।

देशकै सबैभन्दा ठुलो सान्ता मारिया अस्पतालमा २८ जना कोभिडका बिरामी भर्ना भएका छन् जसमध्ये ८ जनाको उपचार आइसीयुमा भईरहेको छ।

पछिल्लो दुई सातादेखि लिस्बनमा कोरोनाक बिरामीहरुको संख्यामा निरन्तर वृद्धि भएसंगै सरकारले केही कडाई गर्ने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार