नेपालमा कोरोना: धनगढीमा खोपलगाउन दिनभरि लाइन बसेकालाई फर्काइ पहुँचवालाको हालीमुहाली भएको स्थानीयको गुनासो

धनगढी । कोरोनाविरुद्धको खोप लगाउन सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा तोकिएका केन्द्र व्यवस्थित नहुँदा लक्षित वर्गले सहज रुपमा खोप लगाउन नपाएको गुनासो स्थानीयले गरेका छन् ।

हाल सातवटै प्रदेशमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने क्रम जारी छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको हकमा भने उमेर समूह तोकिएको छैन ।

तर अन्य व्यक्तिहरुले पहुँचवालाले सजिलै खोप पाएको तर आफूहरुले नपाएको गुनासो गरेका छन् । यो गुनासोसँगै अव्यवस्थित भिडभाडले उल्टै संक्रमण फैलिने जोखिम पनि भएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे ।

दिनभरि लाइन बसेकालाई फर्काइएको गुनासो

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको खबर थाहा पाएपछि धनगढी उपमहानगरपालिका-२ का प्रेमप्रसाद कडेल मंगलबार खोप केन्द्रमा पुगे ।
बिहान ८ बजे श्रीमान-श्रीमती नै स्वास्थ्य कार्यालयले खोप लगाइरहेको धनगढीस्थित कभर्ड हलमा पुगेका थिए । उनीहरु त्यहाँ पुग्ने बेलासम्म केही मानिसहरु जम्मा भइसकेका थिए भने आउने क्रम जारी थियो । बिहान ८ बजे खोप केन्द्र पुगेका कडेल दम्पत्तीले दिउँसोको ४ बजेसम्म पालो पाएनन् । तर ढिलो आउने धेरैले पालो मिचेर उनीहरुकै अगाडि खोप लगाए । समय सकिएकाले अब बाँकीले भोलि आउनू भन्दै स्वास्थ्य कार्यालयले फर्काएपछि निराश हुँदै उनीहरु घरतर्फ लागे ।

कडेल दम्पत्ती अघिल्लो दिन जस्तै खोप लगाउन दोस्रो दिन बुधबार पनि बिहानै खोप केन्द्रमा पुगे । मंगलबार जस्तै दिनभर पालो कुरेर लाइनमा उभिए तर उनीहरुलाई त्यो दिन पनि पालो आएन भनेर फर्काइयो । बिहीबार पनि कडेल दम्पत्ती लाइन लागेको अवस्थामा कभर्ड हलस्थित खोप केन्द्रको मूल गेट बाहिर भेटिए । बिहान साढे ८ बजे त्यहाँ पुगेका उनले दिउँसो १ बज्दा पनि पालो पाएका थिएनन् । ‘अस्ती र हिजो पनि दिनभरी लाइन लागेर साँझ घर फर्किनुपर्यो,‘आज पनि हाम्रो पालो आउला जस्तो छैन । आफ्नो कोही नभएपछि हुने यस्तै त हो नि ।’

०००

धनगढी उपमहानगरपालिका-१ का विष्णुराज बुर्लाकोटी दम्पत्ती पनि बुधबार कोरोनाविरुद्धको खोप लगाइरहेको सुनेपछि कभर्ड हल पुगेका थिए । खोप लगाउन आएका सयौँ मानिसहरुको भीडमा उनीहरु पनि बिहानैदेखि लाइन लागेर खोप केन्द्रमै बसे । तर दिनभर पालो पाएनन् । साँझ ४ बजेपछि मन खल्लो बनाउँर्दै घर फर्किनुपर्यो ।
खोप पाउनु त कता हो कता, कतै त्यो भीडबाट कोरोना संक्रमण त हुने होइन भन्ने चिन्ता उनीहरुमा थपियो ।

सरकारले ६० वर्ष माथिका वृद्धवृद्धालाई खोप लगाउने भनेपछि धनगढीमा भने त्यसको पालना नभएकोप्रति उनीहरुको आक्रोशित भएका छन् । भन्दाखेरी बृद्धबृद्धाका लागि खोप हो भन्ने तर व्यवहारमा चाहिँ उनीहरुको बेवास्ता गरेर जसको पहुँच छ, चिनेजानेका छन् उनीहरुलाई लगाउने काम भइरहेको छ । नियम कानूनको धज्जी उडाइएको छ । व्यवस्थापन भद्रगोल बनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार