एमनेस्टी इन्टरनेसनद्वारा बालुवाटारबाट पक्राउ परेका १८ जना अभियन्तालाई रिहा गर्न आग्रह

चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप गरी सरकारले अमुक मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्दा बालुवाटारबाट पक्राउ परेका १८ जना अभियन्तालाई तत्काल रिहा गर्न एमनेस्टी इन्टरनेसनलले आग्रह गरेको छ ।

आज पक्राउ परेका अभियन्तालाई तुरुन्तै छाडिदिन मानवीय स्वतन्त्रताकाे क्षेत्रमा सक्रिय उक्त संस्थाले आग्रह गरेको हो ।

प्रहरीले साहित्यकार, लेखक खगेन्द्र संग्रौलासहित नारायण वाग्ले, सञ्जीव उप्रेति, युग पाठक भास्कर गौतमलगायत १८ जना अभियन्तालाई पक्राउ गरी मालिगाउँ वृत्तमा राखेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार