फ्रान्सका राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा नागरिकको थप्पड !

पेरिस ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा थप्पड हानेका छन् ।

देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सो भिडियोमा उनी कुनै कार्यक्रममा जनतालाई भेट्ने क्रममा एकजनाले थप्पड हानेका थिए।

घटनापछि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

थप्पड हान्ने व्यक्तिले म्याक्रोनवाद मुर्दावाद भनी नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार