बागलुङ समाज पोर्चुगलको दोश्रो अधिवेशन १८ जुलाईमा !

पुनम गौतम, लिस्बन ।

बागलुङ समाज पोर्चुगलको दोश्रो अधिवेशन यहि १८ जुलाई शुक्रबार हुने भएको छ । पोर्चुगलमा सामाजिक क्षेत्रमा सक्रिय समाजको सोमबार बसेको समितिको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न ७ ओटा उपसमिति गठन गरेको समाजका अध्यक्ष प्रेम खड्काले जानकारी दिएका छन् । अध्यक्ष खड्काको संयोजकत्वमा अधिवेशन आयोजक मुल समिति गठन गरिएको छ।

समितिमा हरी पुनको संयोजकत्वमा नयाँ सदस्यता तथा नविकरण उपसमिति, कार्यक्रम व्यबस्थापन उपसमिति संयोजकत्वमा ओम कार्की, छवि पौड्यालको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरिएको छ।

त्यस्तै आर्थिक व्यबस्थापन उपसमितिको संयोजकत्वमा केशव के.सि , प्रचार-प्रसार उपसमितिको संयोजकमा सज्जन हमाल र सुजाता गौतमको संयोजकत्वमा अतिथि संस्कार उपसमिति गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार