जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार जर्मनील युरोपेली संघको सिभिल प्रोटेक्सन मेकानिजम अन्तर्गत प्राप्त जर्मन सहयोगमा ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० वटा एफएफपी२ मास्क, ३० हजार सर्जिकल मास्क, १०० वटा गमबूट, २०० वटा बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट, २५ हजार लिटर डिसइन्फेक्टेन्ट छन् ।
यीमध्ये केही सामग्री पछि ल्याइनेछ ।