पोर्चुगलमा रेसिडेन्सी कार्ड : सेफ पोर्टलमा १ जुलाई देखि ३० सेप्टेम्वरसम्मको अनलाइन नबिकरण खुल्यो !

लिस्बन।

पोर्चुगल बसोवास गर्दै आईरहेका आप्रवासीहरुका लागि १ जुलाई देखि ३० सेप्टेम्वरसम्मको लागि आवास अनुमति नबिकरण खुल्ला भएको सेफले जनाएको छ।

१ जुलाई देखि ३० सेप्टेम्वरसम्ममा आवास अनुमतिपत्र ( रेसिडेन्सी कार्ड ) को म्याद सकिने आप्रवासीहरुले सेफको पोर्टल मार्फत अटोमेटिक अनलाइन नवीकरण गर्न सक्नेछन्।

सो अवधिमा २२ हजार ३०० आप्रवासीहरुको रेसिडेन्सी कार्डको म्याद सकिने र उनीहरुले सजिलै सेफको पोर्टल मार्फत अनलाइन नवीकरण गर्नसक्ने सेफले जनाएको छ।

कोरोना महामारी र संक्रमणको जोखिम कम गर्न सेफले अनलाइन नवीकरण विधि ल्याएको हो। २२ मे २०२० को कानुन 5793-A / 2020 अनुसार त्यसयता आप्रवासीहरुले सरलीकृत अनलाइन पद्धति मार्फत रेसिडेन्सी कार्ड नविकरण गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार