काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डले हृदयमा उठेका चोटहरु कहिल्यै भुल्न नसकिने बताएका छन् ।
बुधवार (आज) ज्ञानेन्द्रले ट्वीट गर्दै साथ र सहयोग चुड्ने अधिकार नियतीलाई मात्रै हुने भन्दै तत्कालिन राजा वीरेन्द्र शाह उनको सदोहर दाईको परिवारको वंशनाश भएकोमा दुख व्यक्त गरेका छन् ।
दरबार हत्या काण्ड अझै रहस्यमा नै रहेको र त्यसको उत्तर पाउनका लागि अझै कति समय कुर्नु पर्ने हो थाहा नहुने बताएका छन् ।
२०५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि भएको थियो । त्यसबारेमा अनुसन्धान गर्नका लागि कार्यदल गठन भएपनि अझै त्यसबारे सत्य तथ्य पत्ता लागेको छैन ।
ट्वीट गर्दै ज्ञानेन्द्रले भने-‘एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि।’
एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि। 🙏 pic.twitter.com/bu0imUF4oa
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) June 2, 2021