काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल लगायत प्रधानमन्त्री निकट मानिने नेताको जिल्लामा सवै भन्दा बढी नयाँ योजना परियोजनाहरुका लागि बजेटमा छुट्याइएको छ । आगामी बर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीको चुनावी क्षेत्र झापामा सवै भन्दा योजना केन्द्रित गरेका गर्दै बजेटको ओइरो हालेका छन् ।
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा चिल्ड्रेन प्याराडाइज, अन्तर्राष्ट्रियस्तरको रंगशाला, सिटी पार्क, बहुतले बसपार्क, सार्वजनिक पदाधिकारीलाई प्रशिक्षण दिन प्रतिष्ठान स्थापना, मेगा सिटी, नदी कटान, सहरी पूर्वाधार विकास लगायत एक दर्जनभन्दा बढी कार्यक्रम राखिएका छन्
यस्तै अर्थमन्त्रीले पनि विद्युतीय तारको भूमिगत व्यवस्थापन, सडक विस्तार, कृषिको थोक बजार, स्मार्ट सिटी लगायत कार्यक्रम नयाँ कार्यक्रम रुपन्देहीका लागि छुट्याइएको छ । त्यसै गरी पौंडेलले प्रधानमन्त्रीका विश्वासपात्र मानिने गोकुल बास्कोट र महेश बस्नेत, प्रदिप ज्ञावली सुवास नेम्वाङ् लाई पनि खुशी तुल्याएका छन् ।
बस्नेतको गृह जिल्ला भक्तपुरको दुवाकोटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा अन्र्तराष्ट्रियस्तरको अस्पताल बनाउने र त्यहा जान मनोहराको किनारमा चार चार लेनको सडक बनाउने भनिएको छ । भक्तपुरको ताथलीबाट काभ्रेको रविओपीलाई सुरुङ मार्गले जोड्ने भनिएको छ । काभ्रेमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय, स्मार्ट सिटी, धुलिखेल दोलालघाट सडकको स्तरोन्तति, आधुनिक चललिच स्टुडियो लगायत कार्यक्रम बास्कोटाको जिल्लामा राखिएको छ ।