एजेन्सी।
जर्मनीले १०० वर्षअघि हाल नामिबियाको हेरेरो र नामा जनजातिमाथिको नरसंहारको क्षमा माग्दै पीडित समूह र नामिबियालाई १.१ अर्ब युरो क्षतिपूर्ति दिने घोषणा गरेको छ। जर्मन विदेशमन्त्री हेइको मासले सन्
१९०४-१९०८ ताकाको उक्त घटनालाई ‘नरसंहार’को संज्ञा दिई क्षमा माग्ने जनाएका हुन्। नामिबिया सरकारले ‘नरसंहार’ घोषणालाई मेलमिलापको सकारात्मक कदम जनाएता पनि जनजाति समूहले क्षतिपूर्ति अस्वीकार गरेको जनाएको छ।