लिस्वन ।
नेपालमा कोरोना संक्रमणको दोश्रो लहरले जनजीवन अस्तव्यस्त भएको छ। आम नागरिकहरु स्वास्थ्य उपचारको अभावमा कष्टकर दैनिकी देखि मृत्युवरण गरिरहेका छन्।
कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न नेपाली नारी समाज पोर्तुगलले रवि लामिछाने फाउण्डेशनलाई सहयोग गरेको छ। समाजले फाउण्डेशनलाई चार लाख ५६ हजार सात सय उनान्नब्बे रुपैयाँ बुझाएको अध्यक्ष सीता श्रेष्ठले जानकारी दिईन् ।
‘उक्त रकम हामीले पोर्चुगलमा रहेका नेपाली समुदायको साथ र सहयोगमा संकलन गरेर पठाउन सकेका हौं ।‘अति विपन्न वर्गको उपचारमा रकम खर्च हुनेछ भन्ने कुरामा हामी बिस्वस्थ छौ ।कोरोना महामारीका बीच पनि सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद दिन चाहन्छौ। ” समाजकी अध्यक्ष श्रेष्ठले भनिन्।
सन् २०१९ मा पनि नेपाली नारी समाज पोर्तुगलले चर्चित पत्रकार रबि लामिछाने फाउण्डेशनलाई रास्कोट हस्पिटल निर्माण अभियानमा सहयोग गरेको र आगामी दिनहरुमा पनि सहयोग गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिईन् ।