लिस्वन ।
नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले माया पौडेल खराललाईअध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
नवगठित कार्यसमितिमा दिपा लिम्बु र सरिता शर्मा चयन भएका छन । यस्तै समाजको महासचिवमा शान्ति अर्याल अधिकारी, सचिवमा रेनु परियार, सहसचिवमा देवी घिमिरे, कोषाध्यक्षमा शोभा गिरी, सहकोषाध्यक्षमा संगिता थापालाई चयन गरिएको निर्बाचन समितिले जनाएको छ ।
उता समितिको अन्य सदस्यहरुमा सारा बर्तोला, इन्दिरा बस्याल, सुमित्रा दिवाली, इन्दिरा परियार, रबिना भाट, शशी शेर्पा, मनिषा दुलाल, शान्त ढुंगाना, रीता ढकाल, आशा रिजाल, सीता कंडेल सापकोटालाई चयन गरिएको छ ।
समाजकी अध्यक्ष निर्मला ढकाल खरालको अध्यक्षतामा भएको अधिवेशनले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति छनोट गरेको हो । उनले आगामी दिनमा समाजमा पीडा भोगेका नेपाली दिदी बहिनीहरुको हकहितका लागि नेतृत्वले काम गर्नुपर्नेमा जोड दिइन । ‘पोर्चुगलमा नेपाली महिलाहरुको दुःख र पीडा बुझेर काम गर्नु हाम्रो दायित्व हो ।’ उनले भनिन्, ‘सकभर न्यायका लागि हामीले आवाज उठाउनेदेखि उनिहरुलाई सक्दो सहयोग गर्नुपर्छ ।’ उनले सधैं महिलाका हक अधिकारमा केन्द्रीत रहेर निष्पक्ष अनि जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिइन ।
यता नवनिर्बाचित अध्यक्ष मायाले सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सबै मिलेर महिला हक अधिकारका बारेमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन । यो कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ ।