रिभर दरौदी क्लबद्वारा स्वास्थ्य सामग्री वितरण !

गोरखा।

गोरखाको रिभर दरौदी क्लबले स्थानीयमा स्तरमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ। नेपालमा कोरोना कोरोना महामारीसंगै स्थानीय स्तरमा जनचेतना जगाउन र सहयोग गर्ने क्लबले सो अभियान शुरु गरेको हो।

रिभर दरौदी क्लबको स्वास्थ सामाग्री बितरण अभियानमा भिमसेनथापा १ साबिकको (मसेल ५/६) को प्रतेक घरमा एक थान थर्ममिटर ,१ प्याकेट (५०पिस)सजिकल मास्क २ ओटा A1 साबुन एउटा स्यानिटाइजर र एक पत्ता सिटामोल बितरण गरेको छ।

वि.सं २०६४ सालमा स्थापना भएको सो क्लवले गाउंमा सामाजिक काम र गाउको बिकासमा मात्र होइन सांस्कृतिक कार्यक्रम मार्फत् गाउमा भएका प्रतिभाहरुलाई खोजि खोजि स्तरनोत्तिमा स्थान समेत दिने गरेको छ ।

“समावेशी हात तपाईको साथ,समाज बढ्छ माथी जब बन्छौं साथी” नामक प्रेरणात्मक नारा बोकेर अगाडी बढेको क्लवले लामो समयको अन्तरालमा धेरै फड्को मारेको छ ।

गाेरखाकाे भिमसेन थापा गाउपालिका १ मसेलमा रहेकाे रिभर दरौदि क्लबको नेतृत्वमा स्वास्थ्य सामाग्री वितरण गरेकाे हो । मसेलकाे साविक वडा न ६ मा रहेकाे रिभर दराैदि युवा क्लवकाे अायाेजनामा साविककाे ५/६ वडा तथा टाेलहरुमा स्वास्थ्य सामाग्रि वितरण गरेकाे कुरा क्लवले जनाएकाे छ ।भने केहि दिन अघि आफ्नो सामाजिक सज्जाल फेसबुक पेजबाट आर्थिक संकलन उठाउदै साे सामाग्रीहरु वितरण गरेकाे छ ।

भिमसेन थापा १ का वडाध्यक्ष बद्रि नारायाण श्रेष्ठ र खान्चाेक स्वास्थ्य चाैकिका प्रमुख सुमन श्रेष्ठ लगायतकाे उपस्थितिमा साे सामाग्रीहरु वितरण गरेकाे क्लवले जानकारी दिएकाे छ ।

स्वास्थ्य सामग्री बितबरणका लागि उपेन्द्र पुडासैनि, उमेश वस्ति ,जमुना बगाले लगायतका अन्य क्लबका सदस्यहरुको उल्लेख्य भुमिका रहेको थियो ।

स्मरण रहोस रिभर दरौदि क्लब भिमसेन थापा गाउपालिकाकै सबैभन्दा पुरानो क्ल्ब मनिन्छ ।

गाउं विकास देखि लिएर हरेक क्षेत्रमा पर्ने अप्ठेराहरुलाई पार लगाउदैं गाउं समृद्धिका लागि डटेर लागिपरेको छ । क्लबले यस कामलाइ अझै निरन्तरता दिने र सकेको सहयोग गर्न सम्पुर्ण सहयोगि मनहरुलाइ अपिल पनि गरेको छ ।

सस्थाको यस अभियानलाइ अघि बढाउन सहजकर्ताको भुमिका समाजका अग्रज द्व्य युबराज बस्ताकोटि, बिश्व भट्ट, शन्कर ढकाल, प्रकाश कोइरला र यादब देबकोटाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार