लिस्बन।
गैर आवासिय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष अशोक गुरुङले नेतृत्वलाई आरोप नै आरोप लगाएर दिनुभएको राजिनामा संघले स्वीकृत गरेको छ।
संघको आज बसेको भर्चुअल बैठकले उपाध्यक्ष गुरुङले दिनुभएको राजिनामा स्वीकृत गरेको हो। कार्यसमिति बैठकको अल्पमतको ७ जनाले मात्रै उपाध्यक्ष गुरुङको राजिनामा स्वीकृत गरेको श्रोतले बतायो।
नेतित्वमाथि आरोप नै आरोपले थिचिएको उपाध्यक्ष गुरुङको राजिनामा २४ घण्टा नबित्दै संघले सहज स्वीकार गर्नुले संघभित्रको ब्यथिति स्पष्ट हुन्छ।
गैर आवासिय नेपाली संघ पोर्चुगलभित्र ठगी, गुण्डागर्दी र आर्थिक अनियमितता हावी भएपछि संघका उपाध्यक्ष अशोक गुरुङले राजिनामा दिएका थिए । उपाध्यक्ष गुरुङ संघभित्रको ठगी, गुण्डागर्दी र आर्थिक अनियमितताको खरो बिरोध गर्दै आएका थिए।
उपाध्यक्ष गुरुङले नेतृत्वमाथि आरोप नै आरोप लगाउदै सार्वजनिक रुपमा हिजो राजिनामा दिएका थिए । उपाध्यक्ष गुरुङले लामो समयदेखि पोर्चुगलको नेपाली समाजमा देखिएका अमानवीय घटनाहरुप्रति आफु दुःखी भएको बताएका थिए । आफ्नो समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाज पोर्तुगललाई आतंकीत तुल्याउने गरी भैरहेका ठगी, गुण्डागर्दी लगाएतका समाजमा त्रासको वातावरण सिर्जना गर्ने तत्व र प्रवृद्धीका विरुद्ध गुरुङले घोर भत्सर्ना समेत गरेका छन्।
संघले उपाध्यक्ष अशोक गुरुङको राजिनामा र त्यसलाई स्वीकृत भएको जानकारी कार्यसमितिलाई नै छैन। गुरुङको राजिनामा स्वीकृत भएको खबर लिस्बनबाट प्रकाशित हुने युरोपनेपालीखबरमा प्रकाशित भएपछि कार्यसमितिका सदस्यहरु नै चकित भएका छन्। ” आफ्नै कार्यसमितिले गरेको निर्णय आफैलाई थाहा छैन, उता समाचार आएपछि हामी झसङ्ग भयौ ” , एक सदस्यले भोइस अफ नेपाललाई भने।
१ बर्षमा गर्नुपर्ने वार्षिक साधारणसभा २० महिना पुग्दा पनि गर्न अध्यक्षले गर्ने चासो नदिएको , संस्था पारदर्शी नभएको , बिना जानकारी अनि छलफल नगरी संघमा अध्यक्षले मनोमानि ढंगले एकल निर्णय गरेको, पदिय मर्यादा बिर्सेर संघमा वारम्वार गल्ती गर्नेलाई अध्यक्षले नै बचाउन हदै सम्मको प्रयास गरेको आरोप उपाध्यक्ष गुरुङको छ।
नेपालीहरुबिच एकता र सद्भाव बनाएर सबै बर्ग र समुदायलाई एकिकृत गर्दै परदेशी नेपालीहरु बीचको साझा संस्थाको रुपमा गैरआवासीय नेपाली संघलाई स्थापित गर्नुको सट्टा संघका अध्यक्ष तिलक गैरेले पिडितहरु प्रतिको जिम्मेवारी बिर्सेर संस्थाकै नाममा लुटपाट, गुण्डागर्दी मच्चाउने तत्वहरुको हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गरेको गुरुङले आरोप लगाएका छन्।
बारम्वार अनुरोध गर्दापनि हालसम्म संस्थाको कोषको हिसाबकिताब नदेखाउनले कोषको पैसाको चरम दुरुपयोग भएको आशंका उपाध्यक्ष गुरुङको छ। कार्यसमितिका सदस्यहरुले बारम्बार नेतृत्वलाई संघको हिसाबकिताब देखाउन हरेक बैठकमा अनुरोध गरेतापनि नेतृत्वले संघको हिसाब नै देखाउन नमानेको अधिकांस पदाधिकारीहरुको गुनासो छ।
१ बर्षमा गर्नुपर्ने वार्षिक साधारणसभा २० महिना पुग्दा पनि गर्न अध्यक्षले गर्ने चासो नदिएको , संस्था पारदर्शी नभएको , बिना जानकारी अनि छलफल नगरी संघमा अध्यक्षले मनोमानि ढंगले एकल निर्णय गरेको, पदिय मर्यादा बिर्सेर संघमा वारम्वार गल्ती गर्नेलाई अध्यक्षले नै बचाउन हदै सम्मको प्रयास गरेको आरोप उपाध्यक्ष गुरुङको छ। उपाध्यक्ष गुरुङले संघले १ बर्षमा गर्नुपर्ने वार्षिक साधारणसभा २० महिना पुग्दा पनि गर्न अध्यक्षले गर्ने चासो नदिएको आरोप लगाउदै राजिनामा दिएपछि संघले आकस्मिक बैठक गरी मे २२ तारिख शनिवार साधारण सभा गर्ने निर्णय गरेको छ।
ठाडो निर्देशनमा कार्यसमितिका पदाधिकारीहरुलाई मनलाग्दो तवरले कार्यसमितीबाटअध्यक्षले निलम्बन गर्ने गरेको, संस्थाका केहि गुण्डागर्दी मच्चाउने तत्वहरुले गर्ने हरेक गलत कामको अध्यक्षले साथ दिदै हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गर्नमा संघभित्र अध्यक्षले हदैसम्मको बल प्रयोग गरेको गुरुङले आफ्नो राजिनामामा उल्लेख गरेका छन्।
संघका अध्यक्ष गैरेले कार्यसमिति सदस्य सबिन धिताललाई डेढ बर्षदेखि एकलौटी र मनोमानी ढंगले संघको कार्यसमिति समूहबाट बाहिर राखेका छन्। धिताल आफ्नै संघका कावा अध्यक्ष भिमसेन थापाबाट सार्वजनिक कार्यक्रममा कुटिएपछि संघको नेतृत्वसंग न्याय मागेका थिए। अध्यक्ष गैरेले उल्टै पदिय मर्यादा बिर्सिएर गुण्डागर्दी गर्ने पदाधिकारीको बचाउ गर्दै पिडित धिताललाई डेढ बर्षदेखी संघको समुहबाट बाहिर राखेका छन्, जबकि संघभित्र यससम्बन्धी कहिँ कतै कुनै पनि निर्णय नै भएको छैन।
संघका अध्यक्षको ब्यक्तिवादी, असामाजिक , अनैतिक चरित्रको विरुद्ध असहमति जनाउँदै समाजका शोषित अनि पिडित जन समुदायको पक्षमा सधै वकालत गरिरहने भन्दै संघका उपाध्यक्ष गुरुङले राजिनामा दिएका थिए ।
संघको निर्णय कार्यसमितिलाई नै जानकारी छैन, अनलाइनमा समाचार पढेर सदस्यहरु नै चकित :
संघले उपाध्यक्ष अशोक गुरुङको राजिनामा र त्यसलाई स्वीकृत भएको जानकारी कार्यसमितिलाई नै छैन। गुरुङको राजिनामा स्वीकृत भएको खबर लिस्बनबाट प्रकाशित हुने युरोपनेपालीखबरमा प्रकाशित भएपछि कार्यसमितिका सदस्यहरु नै चकित भएका छन्। ” आफ्नै कार्यसमितिले गरेको निर्णय आफैलाई थाहा छैन, उता समाचार आएपछि हामी झसङ्ग भयौ ” , एक सदस्यले भोइस अफ नेपाललाई भने।
युरोपनेपाली खबर त्यही अनलाइन हो, जसले ठगीमा संलग्न संघका कोषाध्यक्ष बिक्रम जंग कुँवरको ठगी धन्दाको समाचार बाहिरिएपछि उनको बचाउ गर्दै ” प्रतिष्ठित र सफल व्यवसायीको चरित्रहत्या भयो ” भन्दै भोइस अफ नेपालको खोज पत्रकारितामाथि नै धावा दिएको थियो। त्यसैको आडमा निज कुँवरले थप सयौ नेपालीलाई ठगेर करिब दुई करोड नेपाली लिएर कुलेलाम ठोकेका थिए। कोषाध्यक्ष कुँवरलाई संघले अहिले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेर आफु उम्किएको छ , तर पिडित नेपालीहरुको पक्षमा कुनै सुनावाही र सहयोगको पहल गरेको छैन।