काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा २८ जना एमालेकै सांसदले मत हालेनन् र बहुमतको सरकार ढल्न पुग्यो । संसदको विशेष अधिवेशनमा उपस्थित मध्ये ९३ ले ओलीलाई मत दिएका छन् । विपक्षमा १२४ मत पर्दा १५ तटस्थ रहेका थिए । मतबिभाजनमा २ सय ३२ सांसद सहभागी भएका थिए । बहुमत गुमाएसँगै वर्तमान सरकार कामचलाउमा परिणत भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा एक स्टाटस लेख्दै मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् ।
यी हुन् ओलीलाई भोट नदिने एमाले सांसद (नामावलीसहित)
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी !)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने