काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन नै समाप्त पारी पार्टीलाई पछार्नतिर नलाग्न नेताहरुलाई आग्रह गर्नुभएकाे छ ।
आज (आइतबार) विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्धको हर्कतहरुले स्वएम् आफू पार्टी नै बर्बादीतिर जाने भएकाले त्यस्ताे कार्यमा सम्लग्न नहुन आग्रह गर्नुभएकाे हाे ।
‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरीरगराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।