नयाँ दिल्ली।
भारतको आन्ध्र प्रदेशस्थित एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ ।
आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट २ सय ८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको हो ।
खानीभित्र त्रुटीवश एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षतविक्षत भएर हावामै उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा अझै दश जना हराइरहेका छन् । प्रहरी र स्थानीयवासीले खोज तथा उद्धारमा खटिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।