कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने !

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेस पदाधिकारी बैठकले यसअघि गरेको निर्णयलाई अनुमोदन गरेको जानकारी दिनुभयो । बैठकले विश्वासको मतको विपक्षमा मत दिन अन्य दलहरूलाई पनि आग्रह गरेको छ ।

यसैबीच, बैठकमा संसदीय दलका नेता समेत रहनुभएका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने र अब गठबन्धन सरकार बनाउन हरसम्भव प्रयास भइरहेको जानकारी गराउनुभएको सहभागी एक सांसदले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाए निर्वाचन घोषणा गर्नसक्ने संकेत गर्दै सभापति देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको धारणा राख्नुभएको बैठकमा सहभागी सांसदहरूले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार