चितवन ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भरतपुर अस्पताल परिसरमा बिरामी सहयता कक्ष स्थापना गरेको छ ।
पार्टीको चितवन शाख र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले कोभिड तथा ननकोभिड सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनका अध्यक्ष होमनाथ पौडेलले जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला इन्चार्ज सन्देश पौडेलले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरि सहायता डेक्सको उद्घाटन गर्नुभएको थियो ।
कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भए पछि संक्रमण तीव्र रूपमा फैलिएसँगै अस्पताल आउने बिरामीलाई मास्क र स्यानिटाइजरको उचित प्रयोगको विषयमा जानकारी दिइएको थियो ।