एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण !

लिस्बन।

एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमित हुनुभएको छ।

अध्यक्ष पन्तले आफ्नो फेसबुकमार्फत कोरोना संक्रमित भएको आज जानकारी दिनुभएको हो।

अध्यक्ष पन्तले सावधानी अपनाउदा अपनाउदै पनि कोरोना संक्रमित भएकोले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क रहन जानकारी दिनुभएको छ।

अध्यक्ष पन्त अहिले आइसोलेशनमा बस्नुभएको छ।

एनआरएनए नेता पन्तले आफ्नो फेसबुकमा लेख्नुभएको छ , ” सावधानी अपनाउँदा अपनाउँदै मलाई पनि कोरोनाले भेटेछ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध छ । असुविधाका लागि क्षमाप्रार्थी छु।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार