पोर्चुगल : दोश्रो त्रैमासिकमा १६०० बढीको रेसिडेन्सी अटोमेटिक नवीकरण गरिने !

लिस्बन।

सन् २०२१ को दोश्रो त्रैमासिकमा १६०० बढी आप्रवासीहरुको आवास अनुमति अटोमेटिक नवीकरण गरिने सेफले जनाएको छ।

सेफका अनुसार कोरोना महामारीका कारण संक्रमण कम गर्न सेफले आवास अनुमति अनलाइन मार्फत नबिकरण गर्ने नीति ल्याएको हो।

सेफले पछिल्लो ९ महिनादेखि अनलाइन मार्फत आप्रवासीहरुको आवास अनुमति नबिकरण गर्दै आएको छ।

सेफले १ अप्रिल २०२१ देखि ३० जुन २०२१ का तीन महिनासम्ममा आवास अनुमतिको म्याद सकिनेहरुका लागि अनलाइन मार्फत अटोमेटिक रेसिडेन्सी नबिकरण खुल्ला गरेको छ।

१ अप्रिल २०२१ देखि ३० जुन २०२१ सम्ममा आफ्नो आवास अनुमति म्याद सकिनेहरुले सेफद्वारा निर्देशित नियमहरुको पालना गरेर सेफको अनलाइन पद्धतिद्वारा आफै घरबाटै रेसिडेन्सी नविकरण गर्न सक्नेछन।

पहिलो रेसिडेन्सी कार्ड ( आवास अनुमतिपत्र ) को लागि कुरिरहेकाहरुका लागि भने यो सुबिधा उपलब्ध छैन, उनीहरुले सेफमा आमने-सामने व्यक्तिगत रुपमै उपस्थित भएर मात्रै आफ्नो निर्धारित समयमा मात्रै आवास अनुमति प्राप्त गर्न सक्नेछन।

कोरोना रोकथामका उपायहरुमा अवलम्बन गरेको सेफको अटोमेटिक अनलाइन रेसिडेन्सी नविकरणमा सन् २०२० को अन्तिम ९ महिनामा १ लाख ४ हजारले सेवा लिएको सेफले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार