पोर्चुगलका राष्ट्रपति मर्सेलोद्वारा १५ औं पटक संकटकाल थप !

– गणेश पाण्डेय, लिस्बन।

पोर्चुगलमा संकटकाल अप्रिल ३० सम्मका लागि लम्बिएको छ।

चौधौ पटकको संकटकाल १६ अप्रिलको मध्यराति सकिदैंछ।

राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले आज देशवासीका नाममा सम्बोधन गर्दै १५ औं पटक संकटकाल थप गर्नुभएको हो।

देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति मर्सेलोले बर्ष २०२१ पुनर्निर्माणको बर्ष भएको बताउनुभएको छ।

पोर्चुगलमा संकटकाल थप गर्न संसदमा आज भोटिंग भएको थियो। संसदमा बहुमतले संकटकाल थप गर्न भोटिंग गरेपछि राष्ट्रपति मर्सेलो रेबेलोले आज बुधवार संकटकाल अप्रिल ३० सम्मक लागि अनुमोदन गर्नुभएको हो।

सम्बोधनका क्रममा राष्ट्रपतिले बर्तमान संकटकाल पोर्चुगलको इतिहासमै दोश्रो र सबैभन्दा लामो संकटकाल भएको बताउनुभएको छ।

कोरोनाको दोश्रो लहरले पोर्चुगल युरोपको मात्रै नभएर संसारकै सबैभन्दा खराब र हट्स्पटको रुपमा देखिएपछि बाध्य भएर दोश्रो संकटकाल लगाउनुपरेको बताउनुभयो।

“संकटकालको पन्ध्रौ र चौधौ कानुनमा कुनै पनि परिवर्तन भएको छैन ” , राष्ट्रपति मर्सेलोले भन्नुभयो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार