ब्रसेल्स।
नेपाल पत्रकार महासंघको युरोप शाखाको अधिवेशन सम्पन्न भएको छ। अधिबेशनले सर्वसम्मत नेतृव चयन गर्दै सरस्वती कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। निर्वाचित कार्यसमितिले अप्रिल ३, २०२१ मा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
निर्वाचित कार्यसमिति :
अध्यक्ष:सरस्वती कार्की (डेनमार्क)
उपाध्यक्ष:लक्ष्मण देवकोटा (स्विजरल्यान्ड)
उपाध्यक्ष:टेक कार्की (नर्वे)
सचिव:अनुराधा पौडेल (फ्रान्स)
सहसचिव:भोला लामिछाने (स्पेन)
कोषाध्यक्ष:ल्हाक्पा तेन्जि लामा (रोमानिया)
सदस्य:बसन्त रानाभाट (स्पेन)
सदस्य:हिरालाल श्रेष्ठ (स्विजरल्यान्ड)
सदस्य:विष्णु पौडेल शर्मा (डेनमार्क)
सदस्य:दिपक धिताल (जर्मनी)
सदस्य:सरोज ढुँगाना (नर्वे)
नेपाल पत्रकार महासंघ युरोप शाखाका पूर्व अध्यक्ष महेश थापाको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा युरोप शाखाको नयाँ कार्य समिती घोषणा गरेको हो । एक महिना अघि सम्पन्न भएको अधिबेशनले थापालाई निर्वाचन संयोजक र स्थानेश्वर सापकोटालाई सदस्य सचिबको जिम्मा दिएको थियो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितीको गत फेब्रुवेरी १८ मा शाखालाई लेखिएको पत्र अनुसार केन्द्रिय निर्वाचन समितीको परामर्शमा बिधान सम्मत निर्बाचन सम्पन्न गर्नु भन्ने निर्देशन गरिए अनुसार निर्वाचन गरिएको संयोजक थापाले बताएका छन। युरोपमा सक्रिय रहेका एकचालिस जना पत्रकारहरु शाखामा आबद्ध रहेका छन।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले सपथ गराएका छन् । सो अवसरका केन्द्रिय सदस्य बराइलीले विदेशी भुमीमा रहेर पनि नेपाली पत्रकारिता क्षेत्रमा गरेको योगदानको नेपाल पत्रकार महासंघले सधैं सम्मान गर्ने बताए। उनले पेशागत मर्यादालाई कायम राख्दै महासंघको छवीलाई सधैं उच्च राख्न युरोप शाखाले उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे।
नवनिर्वाचित कार्यसमितिको सपथ कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मा, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, नेपाल प्रेस युनियन पोर्तुगलका शाखाका अध्यक्ष बासु सत्याल, प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, निवर्तमान युरोप शाखा सचिव पेम्बा गेलु शेर्पा, निर्वाचन समिति संयोजक महेश थापा, सदस्य थानेश्वर सापकोटा लगायतले महासंघको गरिमालाई कायम राख्दै प्रबासी पत्रकारहरुको एकता र क्षमतावृद्धि गर्न नयाँ कार्य समितिलाई सफलता मिलोस भन्ने शुभकामना दिए ।
शेरबहादुर छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सरस्वती कार्कीले महासंघले विदेशमा रहेका शाखाहरुलाई सहयोगी शाखाको रुपमा मात्र नहेरी मतदानको अधिकार दिनुपर्नेमा जोड दिइन् । उनले विदेशमा रहेका नेपाली पत्रकारहरुको पेशागत सुरक्षाका लागि जुनसुकै कदम चाल्न पनि महासंघ तयार रहेको बताइन् ।
कार्यसमितिका उपाध्यक्षद्वय लक्ष्मण देवकोटा र टेक गिरी, सचिव अनुराधा पौडेल र सदस्य सरोज ढुंगाना, लगायतले प्रबासमा रहेको पत्रकारप्रति बनेको नकारात्मक छबिलाई कामको माध्यमले बिधायक बनाउने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रमा युरोप शाखाका कार्यबाहक अध्यक्ष डिल्ली आम्गाईको सभापतित्वमा सम्पन्न भएको थियो।