गोरखामा जिप दुर्घटना : २ को मृत्यु, ७ जना घाइते

गोरखा ।

गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गोरखाको बारपाकबाट काठमाडौं आउँदै गरेको जीप बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा वागेश्वरी मावि बिचौरका शिक्षकहरु रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो । जिपमा सवार ९ जनामध्ये ७ जना घाइते भएका छन् ।

घाइते २ जनाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा अनिल मरहठ्ठा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार