माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु

नयाँ दिल्ली ।

भारतमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेका थिए।

२२ सुरक्षाकर्मीको शव भेटिएको विद्रोहीविरुद्धको कारवाहीमा खटेका छत्तिसगढका डीजी अशोक जुनेजाले बीबीसीले बताए ।

उनका अनुसार माओवादीले आफ्ना घाइते साथीहरुलाई तीन वटा ट्याक्टरमा लगेका थिए । तर माओवादीतर्फ भएको क्षतिको यकिन विवरण भने नआइसकेको उनले बताए ।

पछिल्ला वर्षहरुकै खतरनाक आक्रमण भनिएको शनिबारको आक्रमणका घटनाप्रति गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका छन् ।

उनले देशले आशान्ति र हिंसा मच्चाउने विद्रोहीसँग लडेर शान्ति स्थापना गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार