ओलीको दिमागलाई परिवर्तन गर्नसक्ने कोही धामी,झाँक्री वा मनोपराशर्मदाता भए खोजौं : नेता नेपाल

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने बताउनुभएको छ ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले आधिकारिक एमाले आफूहरुनै भएको दाबी गर्नुभयो ।

वरिष्ठ नेता नेपालले कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा भएको बताउदै एमाले आधिकारिक रुपमा आफूहरुको भएको जिकिर गर्नुभयो । एमालेको आधिकारिकतामा कानुन बाधक बने बेग्लै उपाय खोज्ने उहाँले जानकारी दिनुभयो । आफूहरु वास्तविक जनताको माझमा रहेको तर ओली दलाल पूँजीवादीको चंगुलमा फसेको आरोप लगाउनुभयोे । आफूहरु माक्र्सवादको विचारको आधारमा अघि बढिरहेको नेता नेपालको भनाइ थियो ।

उहाँले केपी ओलीलाई मोटिभेट गरेर सोंच परिवर्तन गराइदिने व्यक्तिको आवश्यकता रहेको बताउनुभयो । नेता नेपालले भन्नुभयो–केपी ओलीको दिमागलाई परिवर्तन गर्नसक्ने कोही धामी,झाँक्री वा मनोपराशर्मदाता भए खोजौं ।

ओली पार्टीभन्दा गुटको राजनीतिकमा व्यस्त हुनुभएको नेता नेपालको भनाइ थियो । कम्युनिस्ट पार्टी फुटाउन सक्ने ओलीले कुनै दिन बिसर्जन नै गरिदिनसक्ने खतरा रहेको नेता नेपालले दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार