कांग्रेस नेतृ डम्मर कुमारी गुरुङ सम्मानित !

पोखरा।

नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मर कुमारी गुरुङलाई नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्कीले  नयाँ बर्ष  शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान-पत्र प्रदान गरेको छ ।

समाज परिवर्तनका लागि सामाजिक क्रियाकलापमा लागिरहेकी लोकतन्त्रप्रति आस्था राख्ने नेतृ गुरुङले गरेको योगदानको मुल्याङकन गर्दै संघले सम्मान गरेको हो । नेतृ डम्मर कुमारी गुरुङ माछापुछ्रे  गाउपलिका  वडा न ८ का स्थायी  बासिन्दा  हुन । नेतृ डम्मर कुमरु गुरुङ ले यस अघि पनि  सरक्षण पुरस्कार २०५१ ,  गत बर्ष अन्तर्राष्ट्रिय   महिला दिवसमा माइती  नेपालबाट  सम्मान  पाइसक्नु भएको छ ।

न्याय साथै संघले गुरुङको सुख,समृद्धि,सु स्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतीको कामना गर्दै भविष्यमा पनि समाजको सकारात्मक परिवर्तनका लागि आवश्यक सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह -महामन्त्रि  डा प्रकाश शरण महत , कास्कीका  कांग्रेस नेत्री सरस्वती   गुरुङका साथै अन्य काँग्रेसका कार्यकर्ताहरु , नेपाल तरुण दलका कार्यकर्ताहरु,  भातृ   संगठनका  कार्यकर्ताहरु , विभिन्न समाज सेवीहरुको बाक्लो उपस्थिति  रहेको थियो । नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्कीका  सभापति  आशा बहादुर  गुरुङको अध्यक्ष्यतामा  सचिब  बिष्णु कुमार श्रेष्ठले  संचालन गर्नु भएको  थियो  ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार