ड्रग्स केसमा भारतीय अभिनेता एजाज खान पक्राउ

मुम्बई।

भारतीय अभिनेता एजाज खानको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गिरफ्तार गरेको छ ।

एनसीबीले ड्रग्स मालिक फारूक बटाटा र उनका छोरा शादाब बटाटासँग काम गरेको आशंकामा एजाजलाई गिरफ्तार गरेको हो ।

एजाजलाई प्रहरीले मंगलबार घण्टौं सोधपुछ गरेको थियो । त्यसपछि मात्रै उनलाई गिरफ्तार गरिएको हो ।

यसभन्दा अघि ड्रग्स मालिक फारुक बटाटालाई ८ घण्टा सोधपुछ गरेर छाडेको थियो । फारुखका छोरा शादाबलाई गत हप्ता एनसीबीले छापामार शैलीमा गिरफ्तार गरेको थियो ।

उनको साथबाट २ करोड मूल्य बराबरको ड्रग्सको खोप बरामद गरेको थियो । शादाबले पुछताछको दौरानमा धेरै सेलिब्रेटिको नाम लिएका थिए ।

एजाजलाई लिएर मंगलबार राजस्थानबाट मुम्बई फर्किए लगतै एनसीबीले सूचना दिएर हिरासतमा लिएको छ ।

एनसीबीले एजाजलाई लिएर अधेंरी तथा लोखंडवाला लगायत धेरै ठाउँमा छापा मारेको थियो ।

यो छापामारमा ड्रग्स बरामद भयो कि भएन एनसीबीले बताएको छैन् । तर छापा मारेपछि मात्रै एजाजको गिरफ्तार गरिएको थियो ।

यसभन्दा अघि २५ मार्चमा मुम्बइका सबैभन्दा ठूलो ड्रग्स सप्लाायर्स फारुख बटाटाकका छोरा शादाब बटाटाको गिरफ्तार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार