महजोडीलाई ‘महामुर्ख’ सम्मान

जनकपुर ।

यो वर्षको महामुर्ख उपाधि मह जोडीलाई प्रदान गरिएको छ ।

होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो ।

हरेक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई यो उपाधि प्रदान गरिने भए पनि यस वर्ष मह जोडीलाई उपाधि दिइएको हो ।

कार्यक्रममा मदन कृष्ण श्रेष्ठले कला क्षेत्रमा दर्जनौ उपाधि पाए पनि महामुर्खको उपाधि भने ऐतिहासिक रहेको बताउनुभयो ।

हरिबंश आचार्यले भने हसाँउने कामलाई निरन्तरता दिने आफू मुर्ख रहेको बताउनुभयो । पटमुर्खको उपाधि भने प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई दिइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार