सुरेश जोशी / कोईम्ब्रा, पोर्चुगल।
यो गीत मात्र हैन कर्णाली प्रदेश खासगरी दूर दराजमा जन्मेका सचेत नेपाली युवाको ज्वलन्त जिन्दगीको भोगाईको सजिब चित्रण पनि हो ।दूर दराजमा जन्मेका हरेक चेतनावाहकको लागी बलियो खुराक पनी हो ।
काठमान्डौ , पोखरा, बिराटनगर जस्ता नाम चलेका सिमित शहरलाई मात्र नेपाल मान्ने सोच बिरुद्दको धावा पनि हो ।
आफुलाई नेपालको रैथाने सोच्ने केही सुकिला मुक़िला नेपालीहरुले सोध्ने गरेको प्रश्न हुम्ला सिमिकोट्, दार्चूला, बझाङ, अछाम, बैतडी…,आदि आदि ?? यही प्रश्नको दिईने बेजोड जवाफ पनि हो ।शासकिय सरचनाले गरेको शौतेनी व्यबहारले आक्रान्त चेतना पनि हो यो ।
बाकी तपाई के -के बुझ्न सक्नुहुन्छ त्यही हो ।
मैले बुझेको लेख्ने नै हो भने -भोली मलाई देशद्रोही भन्न बेर लाउदैन नेपाल सरकार। चेतना मै बंदेज लगाएको नज़ीर भएको शासन व्यवस्था छ आधुनिक नेपालको जो ।मेरै आफनै ज़िन्दगीको अनुभूती पनी यो गीत हो भनेर दावी ग़रनै पर्दैन, सुदूर नेपालमा जन्मिनु भनेको अभिशाप हो झै लाग्ने अनुभूति सबैले भोगेका छन । कयौंन मान्छेहरु जो दूर दराजबाट पढ्न , अवसरको खोजीमा नेपाल खाल्डोमा भासिए तिनीहरु सबैले भोग़ेको भोगाई पनि यहि गीतले ताजा गराई दिन्छ ।