दाहाल–नेपाललाई जसपाको सोध्यो , ‘तपाईंहरू कुन पार्टीको हो ?’

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूह र जनता समाजवादी पार्टीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति दाहाल–नेपाल समूहले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताउनुभयो । छलफलमा जसपा नेताहरूले दाहाल–नेपाल समूहको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उहाँले बताउनुभयो ।

‘उहाँहरूले सरकार बनाउने प्रस्ताव राख्नुभयो,’ उहाँले भन्नुभयो, ‘हामीले तपाईंहरू कुन पार्टी हो भनेर प्रश्न गर्यौं, संसदीय व्यवस्थामा पार्टी त चाहियो, पहिला त्यो कुरा प्रस्ट हुनस् भन्यौं ।’ आफूहरूले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताउनुभयो ।

जसपा नेताहरूले पटक–पटक आफूहरूले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए । उनीहरूले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरू अझै पनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाइका लागि संघर्ष गरिरहने बताएका छन् ।

सर्वोच्च आदालतले प्रतिनिधिसभाको पुनःस्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समिकरणको लागि नेकपा दाहाल–नेपाल समूहका नेताहरूले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार